बोलेरो जिपले ठक्कर दिँदा पत्रकार साउँद घाइते - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

बोलेरो जिपले ठक्कर दिँदा पत्रकार साउँद घाइते

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-१०
  • सुन्नुहोस् 
885   
 बोलेरो जिपले ठक्कर दिँदा पत्रकार साउँद घाइते : Phulbari Khabar

धनगढीः कैलालीको अत्तरियामा बोलेरो जिपले ठक्कर दिँदा पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन्।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार तेघरी स्थित भीमदत्त राजमार्गमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई बोलेरो जिपले पछाडिबाट ठक्कर दिएको हो।

Phulbari Khabar

साउँदलाई ठक्कर दिने जिप फरार रहेको र संकास्पद जिपहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकोे इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। साउँदको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिपको ठक्करबाट उनको दायाँ हात भच्चिएको छ। उनी अत्तरियास्थित टिभी टुडेमा कार्यरत छिन्। 


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च