होटेल क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

होटेल क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२८
  • सुन्नुहोस् 
177   
होटेल क्षेत्रका समस्या समाधानमा पहल गर्ने प्रतिवद्धता : Phulbari Khabar

धनगढी । कैलालीमा होटेल क्षेत्रका समस्या समाधान गर्ने सामूहिक प्र्रतिवद्धता गरिएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति’ विषयक बहसमा बोल्दै सरोकारवाला निकायले सो प्रतिवद्धता जनाएका हुन् ।

Phulbari Khabar

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेय र एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्सिच्युट कैलाली अध्यक्ष कमल पनेरुसँग गरिएको बहस कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिसमेतले सो प्रतिवद्धता जनाएका हुन् ।

बहसमा बोल्दै होटेल व्यवसायी संघ कैलाली अध्यक्ष पाण्डेयले नेपाल सरकारको नीतिले गर्दा होटेल व्यवसायी माथि उठ्न नसकेको बताए । उनले भने,‘सरकारी नीति परिमार्जित गरिनुपर्छ ।’ होटेल तथा प्रदेशमा पर्यटन लक्षित स्थापना गरिएका ठूला होटेलहरुले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई तेहोरो कर तिर्नु पर्ने । तर, सरकारले दिनुपर्ने सेवा सुविधामा भने दिन नसकेको गुनासो उनले पोखे । ‘देशका प्रायःजसो प्रादेशिक ठूला सहरमा रात्रिकालीन बजार भए पनि सुदूरपश्चिम प्र्रदेशका राजधानी रहेको धनगढीमा भने होटेल व्यवसायलाई राति १० नबज्दै बन्द गराउनु राम्रो होइन,’ उनले भने,‘त्यसका लागि यहाँको स्थानीय प्रशासनले समय थप्नु पर्दछ ।’ उनले होटेल व्यवसायीले यहाँको श्रमशक्ति आफ््नै क्षेत्रमा रोक्नका लागि पनि ठूलो योगदान दिएको उनी बताउँछन् । ‘सुदूरपश्चिममा मात्रै होटेल क्षेत्रमा २५ अर्ब बढी लगानी भएको र ५० हजार जनालाई रोजगारी दिएको छ,’ उनले भने,‘सरकारले युवालाई स्वदेशमै रोक्न नसकेको अवस्थामा होटेल व्यवसायीले यतिका युवालाई रोजगारी दिएकाले सरकारले पनि होटेल व्यवसायीको समस्या समाधान गर्न पहल गरिनुपर्छ ।’

Phulbari Khabar

एसोसिएसन अफ हस्पिटालिटी ट्रेनिङ इन्सिच्युट कैलाली अध्यक्ष कमल पनेरुले सुदूरपश्चिमका होटेलहरुमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताए । उनले भने,‘हामीले यहाँका होटेल व्यवसायीलाई लक्षित गर्दै दक्ष जनशक्ति उत्पादन गरेका छौं । तर, उनीहरुले दक्षता अनुसारको पारिश्रमिक पाउन सकेका छैनन् ।’ पछिल्ला वर्षहरुमा धनगढीमा मात्रै धेरै कफी हाउस तथा क्याफे सञ्चालनमा आएको बताउँदै उनले यहीको तालिम लिएका कामदार स्वरोजगार बनिरहेका छन् ।

यहाँका होटेलहरुले राम्रो सेवा सुविधा दिइरहे पनि सुदूरपश्चिममा बाह्य पर्यटक आउन नसक्नुको प्रमुख कारण विदेशी पर्यटकलाई सुरक्षा तथा घुमफिरमा सरकारी नीति प्रभावकारी नभएको होटेल डिभोटीका महाप्रवन्धक तथा जनरल म्यानेजर हरिष भण्डारीले बताए । उनले भने,‘यहाँ तमामौ पर्यटकीय स्थल छन् । त्यसमा पनि धार्मिक स्थलहरु छन्, भारतका उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकलाई मात्रै भित्राउन सके पनि होटेल व्यवसाय फस्टाउन बेर लाग्दैन ।’ आफूले जिल्ला प्रशासन कार्यालयबाट १२ बजेसम्मको अनुमति लिएर इन्द्रेणी दोहोरी साँझ सञ्चालनमा ल्याए पनि अहिले आएर प्रशासनले नै समय घटाएर १० बजे राखिएको गुनासो पोख्दै इन्द्र्रेणी दोहोरी साँझकी सञ्चालक राधिका लम्सालले भनिन,‘रात्रिकालीन व्यवसायमा धेरै समस्या छन्, त्यसमा पनि दोहोरी साँझ त झन साँझ ७ बजेबाट सुरु हुन्छ, व्यवसायले पिकअप लिने समय भनेकै ९, १० बजेबाट राति १२ बजेसम्म हो, तर त्यही समयमा बन्द गरिनु दुःखद हो । त्यसका लागि प्रसाशनले केही सोचोस् ।’

बहस कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यहाँको शान्ति सुरक्षाका विषयमा आफूहरु गम्भीर बनेको बताए । उनले भने,‘शान्ति सुरक्षालाई ध्यानमा राख्दै होटेल व्यवसायमा कहिले काहीँ हो चेकिङ हुने । जसले गर्दा होटेल व्यवसायी क्षेत्रमा पनि गलत तथा अवैधानिक गतिविधि नहुन् भन्ने हो ।’ उनले रात्रिकालीन समयमा व्यवसाय गर्न पाउने कार्यविधि भए पनि त्यसलाई कुनै निश्चित ठाउँ भएमा अलग्गै सुरक्षा फोर्सलाई खटाउन सकिने थियो । तर, यहाँ भने छरिएर रहेको ठाउँमा रात्रिकालीन व्यवसाय गर्दा सुरक्षा चुनौती बढ्न सक्ने बताए । उनले भने,‘जेनजी आन्दोलनपछि सुरक्षा चुनौती थपिएको र फेरि तुरुन्तै निर्वाचन आउन थालेकाले पनि निर्वाचन लक्षित सुरक्षा रणनीति भएकाले पनि अहिल्यै रात्रिकालीन व्यवसाय सञ्चालनमा सोच्न सकिने अवस्था छैन । निर्वाचनपछि भने त्यसबारे सरोकारवाला निकायसँगको छलफलमा गर्न सकिन्छ ।’

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । पहिलो श्रृङखलामा सुदूरपश्चिमको कृषि सम्भावना : अवसर र चुनौती, दोस्रो श्रृङखलामा सुदूरपश्चिम खेलकुदको उर्वर भूमिः पूर्वाधार, सम्भावना र अवसर, तेस्रो श्रृङखलामा सुदूरको शिक्षा :  हुनुपथ्र्यो कहाँ, हामी छौ कहाँ ?, चौथो श्रृङखलामा सुदूरपश्चिममा उद्योग र व्यापार, अर्थतन्त्र समृद्धिको आधार र आइतबार पाँचौ श्रृङखलामा सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च