एमाले ११औँ महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीमा कस–कसको आकांक्षा ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एमाले ११औँ महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीमा कस–कसको आकांक्षा ?

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२६
  • सुन्नुहोस् 
198   
एमाले ११औँ महाधिवेशन : सुदूरपश्चिमबाट पदाधिकारीमा कस–कसको आकांक्षा ? : Phulbari Khabar

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ। पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय छ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

Phulbari Khabar

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि मंसिर १३ मा चयन भएका प्रतिनिधिहरू काठमाडौंमा भेला भइसकेका छन्। यसपटक अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रत्यक्ष चुनौती दिएका छन्। पोखरेलले उम्मेदवारी सार्वजनिक गरेपछि काठमाडौँ महाधिवेशनमा प्यानलगत प्रतिस्पर्धा अनिवार्यजस्तै देखिएको छ।

सुदूरपश्चिमतर्फ ध्यान केन्द्रित हुँदा पदाधिकारीमा दाबी गर्ने नेताहरूको सक्रियता बढेको छ। महाधिवेशन नजिकिँदै जाँदा प्रदेशका नेताहरू कसरी केन्द्रिय समिकरणमा स्थान बनाउँछन् भन्ने चासो बढेको छ।

Phulbari Khabar

सुदूरपश्चिम प्रदेशबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि १४० बढी प्रतिनिधि चयन भएर काठमाडौँ पुगेका छन् । प्रतिनिधि बाहेक केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहित केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेतासमेत गरी सुदूरपश्चिमबाट कम्ती पनि २०० जना नेताले नेतृत्व चयन प्रक्रियामा भाग लिने भएका छन् ।

उनीहरूमध्ये धेरै नेता चुुन्ने मात्र होइन, नेता बन्ने दौडमा पनि छन् । जसमा आधा दर्जन बढी नेताहरू भने पदाधिकारीका आकांक्षी देखिएका छन् । पदाधिकारीमा आकांक्षा राख्नेमा अहिले केन्द्रीय कमिटीमा रहेका नेताहरू नै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च