धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०८२ मा शनिबार थप आकर्षक बन्ने भएको छ। महोत्सवको छैटौँ दिन मंसिर २७ गते लोकप्रिय गायक प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार प्रकाश सपुतसँगै शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल र विष्णु भट्टलगायतका कलाकारहरूले पनि आफ्ना प्रस्तुति दिनेछन्।
महोत्सवलाई अझ रंगीन र आकर्षक बनाउने उद्देश्यले चर्चित मोडल पुष्पा बडैलाको विशेष प्रस्तुति समेत समावेश गरिएको चन्दले जानकारी दिए।
मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय उत्पादन, पर्यटन, संस्कृति तथा मनोरञ्जनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा दैनिक हजारौँ दर्शकको उपस्थिति देखिँदै आएको छ।
शनिबारको विशेष सांगीतिक कार्यक्रममा अझ ठूलो दर्शक सहभागिता रहने अपेक्षा आयोजकले गरेका छन्। महोत्सवमा विभिन्न स्टलमार्फत स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री, सांस्कृतिक झाँकी, बाल मनोरञ्जन कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहेका छन्।










तपाइको प्रतिक्रिया दिनुहोस्