धनगढी । किसान बहुउद्देश्यि सहकारी संंस्था लिमिटेडको ३१औँ वार्षिक साधारण सभा तथा फूलवारी एकाई भेला एक कार्याक्रमका बिच सम्पन्न भएको छ ।धनगढी –१८मा सम्पन्न उक्त साधारण सभा तथा भेलाले विभिन्न उत्कृष्ट समुह तथा उद्यमीलाई सम्मान समेत गरेको छ ।
भेलामा संस्थाले उत्कृष्ट केन्द्र सम्मान गन्तर्गत उत्कृष्ट महिला विकास केन्द्र र चेतना महिला विकास केन्द्रलाई सम्मान गरेको छ । यस्तै धनगढी –१४ स्थित नबिन अवस्थी र सुस्मीता बोगटीलाई छात्रवृति उपलब्ध गराएको छ ।सहकारीले उत्कृष्ट सेयर सदस्य सम्मान गन्र्तगत बासमती चौधरी,मिनादेवि बम, मिना कुमारी चौधरी, जानकी सुनार र भावना पुलामीमालाई सम्मान गरेको छ ।
यस्तै सहकारीले मृतक सेयर सदस्य रामपति चौधरीको परिवारलाई २लाख ६८ हजार ३सय ९६ रकम समेत हस्तान्तरण गरिएको फूलवारी एकाई प्रमुख दिलमाया थापाले जानकारी दिईन् ।
कार्यक्रमको संंचालक समेत रहेकी एकाई प्रमुख थापाले सहकारीले केही गरौ भन्ने सोच र उर्जा भएकाहरुलाई सहकारीले लगानी गरेर प्रोत्साहन गरेको बताईन् ।संंंंचालक सदस्य दिनेश कुमार चलाउनेको सभाध्यक्षमा सम्मपन्न साधारण सभाको प्रमुख अतिथि धनगढी १८का वडाअध्यक्ष भुवन रिजाल प्रमुख अतिथि रहेका थिए ।
एनएमबि बैंंकका फूलवारी शाखा प्रमुख करन धामी , फूलवारी बहुमुखि क्याम्पसका प्रमुख बम बहादुर बम ,ईलाक प्रहरी कार्यालय फूलवारीका प्रमुख रमेश सिंंह लगायत कार्यक्रमका वक्ताहरुले सहकारीले गरेका कार्यको खुलेर प्रसंंशा गरेका थिए ।पछिल्लो समयमा धनगढीको फूलवारी शाखा मार्फत सेयरधनीलाई सहकारीले सहुलियत कर्जा उपलब्ध गराई ब्यवसाहिक आत्मनिर्भर बनाउदै आएको छ ।










तपाइको प्रतिक्रिया दिनुहोस्