लागू औषध सहित ३ जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

लागू औषध सहित ३ जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१३
  • सुन्नुहोस् 
402   
लागू औषध सहित ३ जना पक्राउ

 कैलाली । धनगढी र टीकापुरबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । मंगलबार टीकापुरमा भारतबाट नेपालतर्फ आउँदै गरेको स्कुटर चेकजाँच गर्दा २ जना पक्राउ परेका छन् ।से ६ प ६५९१ नम्बरको स्कुटरबाट टीकापुर नगरपालिका – ७ नारायणपुरका  २४ वर्षीय अरुण श्रीवास्तव र २२ वर्षीय सञ्जय बिष्ट पक्राउ परेका हुन ।प्रहरीले स्कुटर चालक अरुणले लगाएको हेलमेट भित्र लुकाई राखेको अवस्थामा १ ग्राम ७९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जनाएको छ ।यस्तै धनगढी उपमहानगरपालिका –१ वसन्त  टोलबाट लागू औषध सहित धनगढी उपमहानगरपालिका – ३ का २६ वर्षीय वीरेन्द्र चौधरी पक्राउ परेका छन् ।उनको साथबाट ५० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च