परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२
  • सुन्नुहोस् 
153   
परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

 काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री डा। राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरिन् ।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझरी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरुले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्वपूर्ण रहेको पनि बताएका छन् ।

नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरु, औपचारिक बैठक, विविध विषयहरुमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो ।

साथै जलवायु परिवर्तनको मुद्धा नेपाल र भारतको साझा मुद्धा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरुका बीचमा कुराकानी भएको थियो ।

सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौँ आएको थियो।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च