नवजिवन सहकारीको चामल शेयर धनीको घर-घरमा पुग्दै: अध्यक्ष बम - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नवजिवन सहकारीको चामल शेयर धनीको घर-घरमा पुग्दै: अध्यक्ष बम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१
  • सुन्नुहोस् 
54   
नवजिवन सहकारीको चामल शेयर धनीको घर-घरमा पुग्दै: अध्यक्ष बम

धनगढी । कैलालीको गोदावरी नगरपालिका ८ स्थित नवजिवन सहकारी संस्थाले  ब्राण्डिङ गरेको चामल ३ हजार सेयर सदस्यको घरमा पुगेको छ ।  सहकारीका सञ्चालक समिति अध्यक्ष देव बहादुर बमका अनुसार गतबर्ष चैत ९ गतेबाट सँचालनमा आएको नवजिवन खाध्य उधोगले  हालसम्म ३ हजार सेयर सदस्यको घरमा चामल पुगिसकेको बताए ।

नवजीवन खाद्य उद्योग पूर्ण रूपले ल्याब टेस्ट गरी १००% अर्गानिक चामल प्रशोधन हुने उनको भनाइ छ।  सेयर सदस्यहरुलाई सुलभ दरमा चामल उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कृषी उप–आयोजना अन्तर्गत सहकारीले कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा खाद्य गोदाम तथा मिल सञ्चालन गरेको हो ।अबको दुई महिनाभित्र ६ हजार सेयर सदस्यको घरमा चामल पुग्ने उनले बताए ।करिब डेर बिघा क्षेत्रफलमा रहेको नवजिवन खाद्य उधोग को गोदामघर तथा चामल मिल सुदुरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिर बहादुर थापाले अनुगमन गरेका थिए । थापाले सुदुरपश्चिम मात्रै नभएर देशमै नवजिवन सहकारी संस्था अग्र स्थानमा रहेको बताए ।

नवजिवन सहकारी देश तथा बिदेशबाट समेत अवलोकन गर्नेको गन्तब्य बन्नुपर्ने उनको भनाई छ । सेयर सदस्यहरुलाई सहुलियत दरमा खाद्यान्न बिक्रि गरिरहेको नवजिवनका लागी प्रदेश सरकारबाट आवश्यक सहयोगको पहल गर्ने उनको भनाई थियो ।

नवजीवन सहकारी संस्था बचत तथा ऋणको मात्रै काम नगरी बहुउद्देश्य किसानहरू नमर्ने गरी उचित मूल्यमा खरिद गर्छौं। अहिले पनि १६ हजार कुन्टल धान स्टक गरेर राखेका छौं उनले भने''।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च