बैतडीको पाटन बसपार्क दश वर्ष सम्म अलपत्र, स्थानियले रोपे धान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बैतडीको पाटन बसपार्क दश वर्ष सम्म अलपत्र, स्थानियले रोपे धान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१५
  • सुन्नुहोस् 
2.33K   
बैतडीको पाटन बसपार्क दश वर्ष सम्म अलपत्र, स्थानियले रोपे धान

बैतडी। बैतडीको पाटनमा रहेको बसपार्क वर्षौ देखि अलपत्र परेकाले स्थानीयहरु मिलेर  रोपाँई गरेका छन् ।

असार १५ राष्ट्रिय धान दिवसका दिन  स्थानीयले हलगोरू लगेर बसपार्कमा रोपाँई गरी धान रोपेका हुन् ।

बिगत दश बर्ष सम्म पनि बसपार्कको निर्माण कार्यले पूर्णता नपाएपछि  स्थानीयहरुले   सम्बन्धि निकायको ध्यानाकर्षण गराउन  धान रोपेर विरोध गरेका  पत्रकार  बसन्त बिष्टले बताए ।

पटकपटक सरकारलाई बसपार्क निर्माण  सम्पन्न गर्नका लागि आग्रह गर्दासमेत नसुनेपछि फेरि शान्तिपूर्ण रुपले बिरोध गरेर दबाव दिन रोपाँई गरिएको पाटन बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए ।

आर्थिक वर्ष २०७१-७२मा निर्माण सुरु गरिएको बसपार्क  अहिलेसम्म  निर्माण  सम्पन्न हुन सकेको छैन।

सवारीसाधनको चापलाई ध्यानमा राखेर बसपार्क निर्माणको काम अघि बढाइए पनि   निर्माणको काम सम्पन्न नहुँदा स्थानीय आक्रोसित छन् ।

पाटनमा आठवटा बस र चारवटा जीप एकैपटक पार्किङ गर्नसक्ने क्षमताको बसपार्क निर्माणको काम अलपत्र पर्दा समस्या छ ।

बससपार्क  निर्माण  सम्पन्न नहुँदा सवारीसाधन बजारमै पार्किङ हुन्छन । पाटन नयाँ सहर आयोजनाअन्तर्गत बसपार्क निर्माण भइरहेको भए पनि निर्माण सुरु भएको दश वर्ष बितिसक्दासमेत निर्माणको काम सम्पन्न हुन सकेको छैन ।

बसपार्क समयमै नबन्दा  समस्या भएको भन्दै व्यापारी र  स्थानीय नागरिकहरुले अविलम्ब काम अगाडि बढाएर निर्माण सम्पन्न हुनु पर्ने माग राखेका छन् ।

यो बसपार्क  बैतडीबाट निर्वाचित  नेपाल सरकारका  उद्योग मन्त्री दामोदर भण्डारीको गृह पालिकामा पर्छ ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार