राष्ट्रिय युवा सञ्जालको उपाध्यक्षमा बैतडीका भट्ट निर्वाचित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

राष्ट्रिय युवा सञ्जालको उपाध्यक्षमा बैतडीका भट्ट निर्वाचित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-३०
  • सुन्नुहोस् 
642   
 राष्ट्रिय युवा सञ्जालको उपाध्यक्षमा बैतडीका भट्ट निर्वाचित

बैतडी। बैतडीका युवा सामाजिक अभियन्ता  विशाल भट्ट नेपाल सरकारअन्तर्गत संघीय युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय युवा परिषद् अन्तर्गतको राष्ट्रिय युवा सञ्जालको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

देशभरका युवाहरूको प्रतिनिधित्व गर्ने महत्वपूर्ण संरचना राष्ट्रिय युवा सञ्जालको हालै सम्पन्न पुनर्गठनमा भट्टले सशक्त उपस्थिति जनाउँदै उपाध्यक्ष पदमा स्थान सुरक्षित गरेका हुन्। भट्टको निर्विरोध निर्वाचनले सुदूरपश्चिमका युवाहरूको आवाज अब राष्ट्रिय तहमा अझ सशक्त र प्रभावकारी ढंगले उठ्ने अपेक्षा गरिएको छ।

बैतडी जिल्लाको सुर्नया गाउँपालिका–४ निवासी भट्ट सानै उमेरदेखि सामाजिक रूपान्तरणमा समर्पित रहँदै आएका छन्। १३/१४ वर्षको उमेरमै ‘सूर्नया बाल सञ्जाल’ स्थापना गरेर सामाजिक जागरणको अभियान सुरु गरेका उनले विभिन्न एक दर्जनभन्दा बढी समाजिक संस्थाहरूमा सदस्यदेखि पदाधिकारीसम्म पदमा रहेर स्वयंसेवकको भूमिका खेली समाज रूपान्तरण युवा जागरणका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका छन् त्यसयता बालबालिका, महिला, युवा र शिक्षा–सचेतनाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका छन्।

२०७८ सालमा भट्ट सुदूरपश्चिम युवा परिषद्को उपाध्यक्षमा पनि सर्वसम्मत निर्वाचित भएका थिए। अब उनी केन्द्रीय तहको उपाध्यक्ष पदमा निर्वाचित भएपछि सामाजिक र युवा नेतृत्व विकासमा र भ्रष्टाचार न्यूनीकरण , समाज रूपान्तरण र युवा उद्यमशीलतामा उनीबाट अझ प्रभावकारी भूमिका खेलिने विश्वास गरिएको छ।

भट्ट पेशाले युवा उद्यमी समेत हुन्। "देशमै केही गर्न सकिन्छ" भन्ने आत्मविश्वाससहित अगाडि बढिरहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च