कृष्णपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कृष्णपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१
  • सुन्नुहोस् 
18   
 कृष्णपुरमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–२ बङ्क चौकमा बोलेरो जिपको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र विष्टको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको सुपप्र ०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले ठक्क दिँदा गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा निसर्ग अस्पताल, धनगढी मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय कञ्चनपुरले जनाएको छ ।प्रहरीले जिप र चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय रवि रोकायालाई नियन्त्रणमा लिएको जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च