काठ्माण्डौँ। नेकपा माओवादी केन्द्र का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
माओवादी उपमहासचिव शर्मा सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए।
भेटवार्ताको तस्बिर उपमहासचिव शर्माले शुक्रबार फेसबुकमा राखेका छन्।
शर्माले भनेका छन्, ‘कांग्रेस सभापति देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो।’
तपाइको प्रतिक्रिया दिनुहोस्