ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२
  • सुन्नुहोस् 
402   
ओलीकै शैलीमा प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

 डडेल्धुरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन्। प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए। उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए।

उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो। डडेलधुरामा स्वागत भन्नुभएको छ।’


उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन्। उनले कांग्रेसका पुराना नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको सुनाए। यसअघि १५ म‌ंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार