महाकालीमा बिलाइन धनिसा, श्रीमानले राख्थे घरमै थुनेर - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

महाकालीमा बिलाइन धनिसा, श्रीमानले राख्थे घरमै थुनेर

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१४
  • सुन्नुहोस् 
1.12K   
 महाकालीमा बिलाइन धनिसा, श्रीमानले राख्थे घरमै थुनेर : Phulbari Khabar

धनगढी ।  दार्चुलामा एक १७ वर्षीया विवाहित किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन्।शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए। हामफाल्ने किशोरी महाकाली नगरपालिका–१ की १७ वर्षीया धनिसा कुँवर रहेको खुलेको छ। उनको माइती परिवार दुहुँ गाउपालिका–४ मा बस्छ।धनिसा भने महाकाली नगरपालिका–१ मा आफुनो दिदि निर्मला कुँवरको घरमा बस्दै आएकी थिइन। शनिबार साँझ नदी छेउमा धेरै मानिसहरू उपस्थित थिए। तर किशोरीले आफूछेउ नआउन चेतावनी दिएकी थिइन्। उनी नजिक पुगेका सुरक्षाकर्मीले समात्नै लाग्दा महाकालीमा हामफालेर ती किशोरी छिनभरमै बिलाइन्।

Phulbari Khabar

धनिसाले दुहुँकै उमेश कुँवरसँग २०८० भदौमा विहे गरेकी थिएन। धनिसाले उमेशले आफुलाई जबरजस्ती घरमा ल्याएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी नै दिएकी थिइन्। अहिले उमेश धनिसाले हालेको जबरजस्ती करणी मुद्दाकै कारण पुर्पक्षका लागि थुनामा छन्। तर धनिसाले केही महिनाअघि सार्वजनिक गरेको भिडियोमा उनले उमेशसँग विहे गरेको बताएकी छिन।

अहिले उमेश कुवँर प्रहरीलाई ज्यानमार्ने उद्योग र धनिसालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला कारागार दार्चुलामा छन्। दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिँहका अनुसार धनिसा पछिल्लो केही दिनयता तनावमा थिइन। महाकाली किनारमा देखेपछि बचाउने कोशिश गरिएको भए पनि नसकिएको उनले बताए।

Phulbari Khabar

धनिषामाथि श्रीमान् उमेशले पटक–पटक कुटपिट गर्नेदेखि घरमै थुनेर राख्ने गरेको विषय समेत बाहिर आएको छ। उक्त विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत परेको थियो। उजुरी परेपछि गत माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगाबगरबाट प्रहरी टोली कुँवरको घर गएको थियो। घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि कुँवरले चक्कु नै प्रहार गरेर घाइते बनाएका थिए।

त्यसपछि प्रहरी हिरासतमा रहेला बेला कुँवरलाई अस्पताल लग्दै गर्दा उनी हतकडीसहित भागेका थिए। भाग्न खोज्दा उनलाई प्रहरी जवान सुहान चौधरीले समात्ने प्रयास गरेका थिए। तर, ती अभियुक्त फरार भएर महाकाली तरेका थिए। उनलाई समात्न गएका प्रहरी जवान सुहान जिल्ला प्रहरी कार्यालयकै पछाडिपट्टीबाट लडेर घाइतेका भएका थिए।

तर उपचार गर्न लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। कुँवरलाई भने पारी बसेका भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको थियो। यता एक्लै रहेकी धनिषा विभिन्न मानसिक तनावबाट गुज्रिरहेकी थिइन्। सोही कारण उनले देहत्याग गर्ने निर्णय लिएको हुनसक्ने अनुमान गरिएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च