सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि नयाँ दिल्ली प्रस्थान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि नयाँ दिल्ली प्रस्थान

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२६
  • सुन्नुहोस् 
186   
सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि नयाँ दिल्ली प्रस्थान : Phulbari Khabar

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली जानु भएको हो ।

Phulbari Khabar

मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उहाँ काठमाडौँ जानु भएको थियो । काठमाडौँमा पनि पूर्ण रूपमा निको नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहको उपचार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा हुने भएको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च उहाँले सरकारी कोषबाट नभई व्यक्तिगत रूपमा व्यहोर्ने पनि सचिवालयले स्पष्ट पारेको छ ।

Phulbari Khabar

उहाँ दिल्ली प्रस्थानसँगै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको जनाईएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च