सुदूरपश्चिममा द्वन्द्वपीडित तथा सहिद परिवारलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिममा द्वन्द्वपीडित तथा सहिद परिवारलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२५
  • सुन्नुहोस् 
216   
सुदूरपश्चिममा द्वन्द्वपीडित तथा सहिद परिवारलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान : Phulbari Khabar

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८२ र ०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको हो 

Phulbari Khabar

मन्त्रालयले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई चालू आर्थिक वर्ष २०८२र०८३ का लागि स्वास्थ्य बीमा गरेका यस सुदूरपश्चिम प्रदेशभित्र स्थायी बसोबास गर्ने द्वन्द्वपीडित, बेपत्ता, सहिद परिवार, जेनजी आन्दोलनका सहिद परिवार र जेनजी आन्दोलनका घाइतेहरूलाई स्वास्थ्य बीमा बापतको रकम शोधभर्ना भुक्तानी गर्नेछ । इच्छुक तथा योग्य परिवारहरूलाई दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च