पार्किङ गरिएको बसमा आगलागी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

पार्किङ गरिएको बसमा आगलागी

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२०
  • सुन्नुहोस् 
90   
पार्किङ गरिएको बसमा आगलागी : Phulbari Khabar

कञ्चनपुर । शनिबार राति कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–२ जडेपानीमा पार्किङ गरेर राखिएको यातायातको बसमा आगलागी हुँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

Phulbari Khabar

बेदकोट–२ जडेपानीका ३१ वर्षीय केशव नाथले ऐ।स्थित बैजनाथ माध्यमिक विद्यालय नजिक सडक छेउमा पार्किङ गरी राखिएको पवन दुत यातायातको बा ३ ख ९८३७ नम्बरको बसमा अचानक आगलागी भएको स्थानीयहरूले बताएका छन्। आगलागीको कारण खुलेको छैन।

घटनास्थलमा पुगेको प्रहरी तथा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए। बस पूर्ण रूपमा क्षतिग्रस्त भएको र आगलागीको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च