बाजुरा । जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिकामा अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।
बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनबहादुर न्यौपानेको कर्यााली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अस्पताल मेडिसियन डाक्टर के एन पौडेलको टिमले जनाएको छ ।
बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो ।
न्यौपानेको सेनाको हेलिकपटरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मंगलबार दिउसो ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्