फूलवारीमा भारतबाट ल्याउँदै गरेका अवैध बोइलर नियन्त्रणमा, प्रहरीकाे भूमिकामाथि प्रश्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

फूलवारीमा भारतबाट ल्याउँदै गरेका अवैध बोइलर नियन्त्रणमा, प्रहरीकाे भूमिकामाथि प्रश्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१५
  • सुन्नुहोस् 
450   
फूलवारीमा भारतबाट ल्याउँदै गरेका अवैध बोइलर नियन्त्रणमा, प्रहरीकाे भूमिकामाथि प्रश्न

धनगढी। धनगढी उपमहानगरपालिका अन्तर्गत फूलवारीस्थित तुलसीबारी क्षेत्रमा भारतबाट तस्करी गरेर ल्याइएका बोइलर कुखुरा र चारवटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

अण्डा तथा कुखुरा उत्पादन समूह कैलालीबाट खटिएका १२ जना युवा किसानको टोलीले शनिबार बिहान भारतबाट १० वटा मोटरसाइकलमा अवैध रूपमा ल्याइएका कुखुरा नियन्त्रणमा लिएको हो।

टोलीका सदस्य विजय राईका अनुसार ४ वटा मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको भए पनि केहीबेरमै ती चारै जना चालक मोटरसाइकल छाडेर फरार भएका छन्। बाँकी ६ वटा मोटरसाइकल कुखुरासहित भाग्न सफल भएका छन्।

हाल नियन्त्रणमा लिइएका कुखुरा र मोटरसाइकल फूलवारीस्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट मुचुल्का तयार पारी भन्सार कार्यालयमा पठाइसकेको सशस्त्र प्रहरी बल फुलबारीका इन्चार्ज ( सशस्त्र प्रहरी निरीक्षक) खगेन्द्र बहादुर चन्दले बताएको छ।

दिनहुँ कुखुरा अवैध रुपमा नेपाल भित्रिरहेको सिमानामा प्रहरीको सक्रियता कम देखिएको स्थानीयहरू बताउँदै आएका छन्। 

यता सीमाक्षेत्रमा सशस्त्र प्रहरीको नियमित ड्युटी रहँदा समेत १० वटा मोटरसाइकल सहजै नेपाल प्रवेश गरेको घटनाले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार