कैलालीमा कुटपिटबाट एक युवकको ज्यान गयो - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

कैलालीमा कुटपिटबाट एक युवकको ज्यान गयो

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-२८
  • सुन्नुहोस् 
636   
 कैलालीमा कुटपिटबाट एक  युवकको ज्यान गयो  : Phulbari Khabar

धनगढी। कैलालीमा कुटपिटबाट एक जना युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको सामुहिक कुटपिटबाट मृत्यु भएको हो । भुललाई कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानबाट उनलाई बाख्रा चोरी आरोपमा कुटपिट गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्र बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए । कुटपिटबाट घाइते भुलको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

Phulbari Khabar

भुललाई कुटपिट गर्ने गौरीगंगा नगरपालिका–११ कान्तिपुरकी ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल ९नाम परिवर्तन०, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विक पक्राउ परेका छन् । भुलको मृत्यु भएपछि उनीहरुलाई आज बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो। नियन्त्रणमा लिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्यसमेत थिए। सिमएसमेत गरेका भुललाई बाख्रा चोरी गरेको आरोपमा स्थानीय छिमेकीले नै कुटपिट गरेका थिए।

इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टका अनुसार मृतक भुलले बाख्रा चोरेको भन्दै २० गते निवेदन परेको थियो। वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा मृतक भुलले बाख्राको कान समातेर लगेको देखिएको उनले बताए। मृतक भुलको आफ्नै मेडिकल समेत छ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

Phulbari Khabar
Phulbari Khabar