धनगढीको विकास होटलका मालिक सहित २ जना मिटरब्याजी पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

धनगढीको विकास होटलका मालिक सहित २ जना मिटरब्याजी पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३१
  • सुन्नुहोस् 
2.42K   
धनगढीको विकास होटलका मालिक सहित २ जना मिटरब्याजी पक्राउ

धनगढी । कैलालीमा २ मिटरव्याजी पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका५ का यज्ञ तिवारी सोमबार पक्राउ परेका हुन्।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई सोमबार नै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो।

उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको जनाइएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि म्याद थप गरेर उनीहरूमाथि थप अनुसन्धान भैरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च