नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीद्वारा रक्तदान, रक्तदाता उपाध्याय सम्मानित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीद्वारा रक्तदान, रक्तदाता उपाध्याय सम्मानित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-१९
  • सुन्नुहोस् 
1.04K   
नेपाली कांग्रेस क्षेत्र नम्बर ५ कैलालीद्वारा रक्तदान, रक्तदाता उपाध्याय सम्मानित

 धनगढी । नेपाली राजनितीका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १०५ औ जन्म जयन्तिको अबसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ द्वारा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

धनगढीमा रगतको अभावका कारण बिरामीलाई रगत पाउनै सकस भैरहेको जानकारी पाएपछि नेपाली राजनितीका  शिखर पुरुष कोइरालाको जन्मजयन्ती को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५का सभापति भिम पडालले बताए ।


रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक प्रदिप पाठकले बताए । उनले २९ जना पुरुष र ३ जना महिलाले रक्तदान गरेका बताउदै यसले रगत चाहिने बिरामीका लागि थोरै भएपनी सहयोग पुग्ने बताए ।

सर्वाधिक रक्तदाता उपाध्याय सम्मानित 

रक्तदान कार्यक्रममा सुदुरपश्चिम मै सबैभन्दा धेरै १०५ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता एबम पत्रकार दीपक उपाध्यायलाई सम्मान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले सर्वाधिक रक्तदाता उपाध्यायलाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार