काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा संसदमा पेश हुने विधेयक, विभिन्न नियुक्ति, प्रधानमन्त्रीको स्पेन भ्रमणलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको भ्रमण यसअघि बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको छ।
प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैछन्। त्यसअघि उनले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्