कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : पूर्व प्रधानमन्त्री देउवा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : पूर्व प्रधानमन्त्री देउवा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१३
  • सुन्नुहोस् 
201   
कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : पूर्व प्रधानमन्त्री देउवा

चितवन । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् ।

सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ ।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।

‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो,’ देउवाले भने तर सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’

कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार