कैलालीको नल्काघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीको नल्काघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-७
  • सुन्नुहोस् 
288   
कैलालीको नल्काघाटमा सशस्त्र प्रहरीको बिओपी स्थापना

धनगढी।  सशस्त्र प्रहरीले कैलालीमा थप एक बर्डर आउट पोस्ट –बिओपी स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित नल्काघाटमा बिओपी स्थापना गरिएको हो । बुधवार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनिपति प्रमुख प्रदिप कुमार पालले बिओपीको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै उनले सिमा शुरक्षा सगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागी यस बिओपीले थप सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । सशस्त्र प्रहरी बल सबिंधानले दिएका अधिकार पुर्ण रुपमा कार्यान्वयन गरिरहेको उनले बताए ।

जनताले बिश्वास गरेझैँ सशस्त्र प्रहरीले आफ्ना गतिबिधिहरुलाई थप परिस्कृत गर्दै गएको पालले बताए । सिमामा हुने चोरी, तस्करी तथा अपराधिक गतिबिधि नियन्त्रण गर्न दत्तचित्त भएर लाग्न उनले माथतका निकायलाई निर्देशन दिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च