प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-६
  • सुन्नुहोस् 
114   
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्य रामशरण बजगाईंले भने, ‘हिजो नै भेट्ने कार्यक्रम थियो । तर हिजो भेट हुन नसकेपछि आज भेट भएको हो ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च