कैलालीमा बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले बाटो मै गराइन् सुरक्षित प्रसूति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीमा बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले बाटो मै गराइन् सुरक्षित प्रसूति

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-६
  • सुन्नुहोस् 
420   
कैलालीमा बेवारिसे गर्भवती महिलाको प्रहरी जवान चन्द्रिकाले बाटो मै गराइन् सुरक्षित प्रसूति

कैलाली । कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाको प्रहरीको सहयोगमा सुरक्षित प्रसूति गराइएको छ।

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई सडकमा ब्याथा लागेको अवस्थामा देखेपछि मानवीयता देखाउँदै सहयोग गरेकी हुन्।

ब्याथा लागेपछि स्थानीय बासिन्दाको सहयोगमा महिलालाई सुरक्षित स्थानमा राखेर प्रसूति गराइएको हो। त्यसपछि देउवाले आमा र नवजात शिशुलाई पद्मा अस्पताल, अत्तरियासम्म आफैं लिएर गइन्।

हाल आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च