काठ्माण्डौँ।तीनकुने घटनालाई अपराधकर्मको संज्ञा दिँदै गृहमन्त्री रमेश लेखकले दोषी देखिएकाहरूलाई कानुनी कठघरामा उभ्याउने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखेकले जोसुकै भएपनि आपराधिक कार्यमा संलग्नमाथि कडाकारवाही हुने बताएका हुन्। मन्त्री लेखकले उक्त घटनामा पक्राउ परेकामाथि अनुसन्धान र अभियोजनको काम भइरहेको जानकारी दिए।
हामी सबै धर्मप्रति सम्मान र मर्यादा गर्दै आ(आफनो धर्म मान्ने र अर्काको धर्ममा अवरोध नगर्ने पद्धति अपनाउँछौं । कुनै पनि धर्मलाई आफ्नो राजनीति अभिष्ट पूरा गर्नलाई प्रयोग गर्नु हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निम्ति प्रयोग गर्नुहुँदैन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म र आस्थासँग जोड्न मिल्दैन। हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्दछ।। त्यो दर्शन र आस्था तीनकुने घटनामा देखिएन,ुउनले भने,ु
यसैले हिंसालाई धर्मसँग जोड्न सकिदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरीत छ। जसलाई कुनै पनि हालतमा उचित मान्न सकिदैन। उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ।ु
गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेकोप्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने कयौं भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्