डोटी । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्याएको बताएका छन् । हिजोबाट सुरु भएको जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनता जागरण अभियानु अन्तर्गत आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीलाई अन्य कुनै पार्टीले सत्तामा नपुर्याएको बताए ।
हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्याउने, तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याउने कुनै कांग्रेस होइनन्, कुनै एमाले होइनन्, उनले भने, तपाईँ हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्याएको हो । उनले पार्टी सत्तामा हुँदाका बखत सत्तामा पुर्याउने वर्ग समुदायलाई दिनुपर्ने जति समय आफूहरूले नदिएकामा आत्मालोचना पनि गरे । ८र१० वर्षमा जनताको बीचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन नसकेकाले त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्