विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२२
  • सुन्नुहोस् 
 
विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं। आइसीसी महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ। 

समूह ‘सी’मा रहेर नेपालले हङकङ र बहराइनसँग खेल्नेछ। 

थाइल्यान्डको बैंककमा हुने यस प्रतियोगितामा ९ वटा टिम सहभागी रहेका छन्। प्रतियोगितामा नेपाल, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया, कतार, यूएइ, बहराइन र हङकङ रहेका छन्। 

नेपालले पहिलो खेल ९ मे मा हङकङसँग खेल्नेछ। १० मे मा नेपालले बहराइनसँग खेल्नेछ। 

हाल नेपाली महिला क्रिकेट टिम भैरहवामा तयारी गरिरहेका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार