काठमाडौं । शिक्षक महासंघको आन्दोलनले माध्यमिक शिक्षा परीक्षा (एसईई ) को नतिजा प्रकाशितमा ढिलाइ गर्ने संभावना बढेको छ। शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि, नतिजा समयमै प्रकाशित हुन सक्ने छैन।निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिएका अनुसार, उत्तरपुस्तिका परीक्षण असार ७ मा जारी गर्नुपर्ने थियो, तर शिक्षकहरूको आन्दोलनका कारण अब नतिजा ढिलाइ हुने सम्भावना छ।
महासंघले २५ चैत्रबाट आम शैक्षिक हड्तालको घोषणा गर्दै देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। यसले आगामी शैक्षिक गतिविधिहरूलाई प्रभावित गर्ने खतरा बढाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्