प्रदेश सभामा अवरोध भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

प्रदेश सभामा अवरोध भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२१
  • सुन्नुहोस् 
273   
प्रदेश सभामा अवरोध भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकमा प्रदेश सभाको गतिरोध अन्त्य गर्ने र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ । प्रतिपक्षी दलले सरकारले मनलाग्दो ढंगले राजनीतिक नियुक्ति गरेको, जथाभावी बजेट बाँडेको भन्दै प्रदेश सभामा विरोध गर्दै आएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार