स्वास्थ्य
कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

धनगढी । कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो ।
स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए.ई.एफ.आई. व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्