सुरेन्द्र बडुको “तिम्रो मेरो पिरतीको काहानीमा”को म्यूजिक भिडियो बजारमा (भिडियो सहित)

चाँदनी बोगटी, जेठ ०३, धनगढी / रचनाकार एवम गायक सुरेन्द्र राज बडुको “तिम्रो मेरो पिरतीको काहानीमा” गीतको भिडियो बिहिबार बजारमा आएको छ । यूटुब च्यानल बुढासुब्बा डिजिटल प्राईभेट लिमिटेडको युटुब च्यानल मार्फत बजारमा आएको हो । भिडियोमा युवाले चोखो प्रेममा गर्दा युवतीले अर्कैलाई प्रेम गर्न थालेपछिको अवस्थालाई चित्रण गरिएको छ । सागर अधिकारीको संगीत रहेको गीतको निर्देशन पत्रकार विवेक कुमार नागरीले गरेका छन् । प्रकाश नागरीले छायाकंन गरेको म्युजिक भिडिया अमृत बिकले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा राजेश नेपाली, रितु गुरुङ र सुमन लामाले अभिनय गरेका छन् ।