जेठ २ गते देखि संचालन गरिने संगितमय पुरुषेत्तम ज्ञान महायज्ञको तयारी पुरा

धनगढी, १ जेठ । कैलालीको धनगढी उपमहानगरपलिका वडा नम्बर, १४ डि गाउँमा रहेका शिवालय मन्दिरमा जेठ २ गते देखि ७ दिन सम्म संगितमय पुरुषेत्तम ज्ञान महायज्ञ हुने भएको छ । सोही गाँउमा रहेको शिवबस्ती शिवालय मन्दिर ब्यबस्थापन समितिको आयोजनामा संचालन हुने लागेको ज्ञान महायज्ञको सम्पुर्ण तयारी पुरा भएको अयोजक समितिका संयोजक ओम प्रसाद शर्माले जानकारी दिएका छन् । सो महायज्ञमा हरेक दिन विहान योग विज्ञान शिबिरका साथै १००८ शालिग्राम पुजन गरिनुका साथै अन्तराष्ट्यि कथा वाचक पुण्य किशोर शरण जी महाराजले कथा बाचन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । सो महायज्ञ कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड गर्ने कार्यक्रम रहेको संयोजक शर्माले जानकारी दिएका छन् ।