धनगढीको महिमा चर्चमा वम विष्फोट

धनगढी, ३० वैशाख कैलालीको धनगढी उप–महानगरपालिका– ४ बोराडाँडीमा स्थित महिमा चर्च अज्ञात समुहले बम विस्फोट गराएको छ । चर्चमा गए राति साढे ११ वजेतिर चर्चमा कोही नभएको समयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । चर्चको पर्खाल वाहिर अज्ञात समुहले वम विष्फोट गर्दा पर्खाल, चर्चको दराज, झ्याल ढोकामा पुर्ण रुपमा क्षति महिमा चर्चका पास्टर कैलाश करियाले जानकारी दिए । राती कोही नवस्ने समयमा गरिएको विष्फोटले अन्य कुनै क्षति नगरेको प्रहरी भनाई छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नको पहिचान गर्न प्रहरीले बिहानै देखी प्रहरी परिचालन गरेको छ ।