धनगढीमा एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम हुने

धनगढी ३१ बैशाख नेपाल एजुकेशन फेयर २०१८ (शैक्षिक मेला) को दोस्रो सस्करण जेठ १७ र १८ गते धनगढीमा हुने भएको छ । पद्मा मिडिया ग्रुपको बिजनेश प्लस टेलिभिजनको आयोजना तथा माउण्टेन टेलिभिजन र भक्ति दर्शनकोे सह–आयोजना हुन लागेको हो । कार्यक्रम धनगढीको ओम प्यालेसको सभा हलमा हुने बताईएको छ । संघिय संरचनामा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने बिषयमा शैक्षिक मेला हुनु पुर्ब जेठ १६ गते साझ कैलाली कञ्चनपुरका बिभिन्न बिद्यालयका प्रधानाध्यापक र शिक्षा क्षेत्रका बिच बहसको एजुकेशन फेयर तथा शैक्षिक नीति बहस कार्यक्रम आयोजना गर्न लागिएको नेपाल एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिए । विद्यार्थीहरु राजधानी केन्द्रित हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं र मोफसलका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको पद्मा मिडिया ग्रुपका सुदूरपश्चिम क्षेत्रीय प्रशारण केन्द्रका प्रमुख श्रवण देउवाले जानकारी दिए । मेलामा सहभागीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएकोे छ । ‘मेलामा विशुद्ध शैक्षिक परामर्श दिईनुका साथै भर्ना हुन चाहने कलेजहरुमा मेलास्थलबाटै भर्ना समेत गरिने व्यवस्था गरिएको छ ।’ अधिकृत शाहुले भने, ‘मेलामा विभिन्न विश्वविद्यालय एवम् कलेजका ४० भन्दा बढी स्टलहरु रहनेछन् ।’ मेलामा दश हजारभन्दा बढी विद्यार्थीहरु सहभागि हुने पनि शाहुले बताए । मेलामा उच्चस्तरीय शिक्षा नीति सम्बन्धी बहस कार्यक्रम पनि गरिने भएको छ । जसमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभागका प्रतिनिधि, विज्ञ, शिक्षाविद्, एवम् शिक्षा क्षेत्रका नीति निर्माताहरुको सहभागिता रहने छ । बहस माउन्टेन टेलिभिजन र विजनश प्लस टेलिभिजनमा प्रत्यक्ष प्रशारण समेत गरिने छ ।