हुलाकी सडकमा सवारी दुर्घटना बढे, शुक्रवार मात्र दुर्घटनामापरि फुलवारीमा १० जना घाईते

धनगढी २९ बैशाख । कैलालीको हुलाकी सडक अन्तरगत धनगढी फुलवारी सडक खण्डमा सवारी दुर्घटना बढ्न थालेका छन् । साँघुरो सडक र सवारी चालकहरुले तिर्वगतिमा सवारी चलाउदा सवारी दुर्घटना बढ्न थालेको प्रहरीले जनाएको छ । शुक्रवार मात्रै हुलाकी सडक अन्तरगत फुलवारी क्षेत्रमा भिन्न भिन्न दुर्घटनामापरि १० जना घाईते भएका छन् । हुलाकी सडक अन्तरगत धनगढी उपमहानगरपालिका १४ स्याउले बजारमा ना४ख ९२९९ नम्बरको बसले ठक्कर दिदा १ जना, सही स्थानमा से१च ९८७ नम्बरको कारले से२प १४९८ नम्बरको मोटरसाईललाई ठक्कर दिदा मोटरसाईकलका सवार २ जना र वडा नम्बर १८मा से१ ह ,१५५६ नम्बरको अटो अनियनियन्त्रित भई पल्टिदा ७ जना गरि १० जना घाईते भएका बहुलिया प्रहरी चौकी फुलवारीका ईन्चार्ज दौलत पुजाराले जानकारी दिएका छन् । घाईतेहरुको धनगढी स्थित बिभिन्न अस्पतालमा उपचार भईरहेको र चालक र सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेको पुजाराले जानकारी दिएका छन् ।