बिहीबारबाट धनगढीको एसटीएसमा ‘ हनुमान’ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

मनोरञ्जन

बिहीबारबाट धनगढीको एसटीएसमा ‘ हनुमान’

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-८
  • सुन्नुहोस् 
1.29K   
 बिहीबारबाट  धनगढीको एसटीएसमा   ‘ हनुमान’

धनगढी । बिहीबारबाट धनगढीको एसटीएस सिनेमामा दक्षिण भारतीय चलचित्र ‘हनुमान’ प्रदर्शनीमा आएको छ ।तेजा सज्जाले अभिनय गरेको उक्त चलचित्र भारतमा १२ जनवरीदेखि रिलिज भएको हो ।

यतिबेला चलचित्र हनुमानले चर्चा पाइरहेको छ । उक्त फिल्ममा समाजमा चलिआएको परम्परावादी सोचमा पनि प्रश्न उठाएर असल समाजको निर्माण गरिनुपर्ने सन्देश दिन खोजिएको छ ।फिल्ममा अधिकांश सम्बन्धको नकारात्मक वास्तविकता र शक्तिको दुरुपयोग गर्न खोज्ने समाजका गलत व्यक्ति र प्रवृत्तिलाई पनि उजागर गरिएको छ । कमजोर भएकै कारण विपक्षीबाट आफन्तको स्वोर्गारोहण पश्चात् हुने दर्दनाक पीडादायी क्षणलाई पनि समेटिएको छ ।

त्यस्तै गाउँ, राष्ट्र र सारा विश्वको विकास र समृद्धिका लागि प्रत्येक व्यक्तिले आपसमा मिल्नुपर्ने सन्देश दिइएको छ भने धर्मका लागि केही क्षति व्यहोर्नुपरे पनि अन्तिममा सत्यको जित हुने र सत्यलाई साथ दिनेको मात्रै भलो हुने सन्देश चलचित्र हनुमानले दिएको छ ।

हनुमान नामसँग नै एक किसिमको भावना जोडिएको र चलचित्र हनुमान पनि हेर्नका लागि एक राम्रो चलचित्र रहेकोे शनिबार एसटीएस सिनेमामा आएका दर्शकले बताएका छन् ।भारतीय संचारमाध्यम पत्रिका डटकमका अनुसार २० करोडमा बनेको फिल्मले सात दिनमा आइपुग्दा १३० करोड बढी आम्दानी गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार