धनगढी । सामाजिक क्षेत्रमा क्रियाशील दृष्टि फाउन्डेसनलाई अक्षयकोष प्रदान गरिएको छ । डडेल्धुराको दुमडा घर भई हाल धनगढी तारानगर बस्दै आएका बलराम भट्टले फाउन्डेसनलाई अक्षयकोष हस्तान्तरण गरेका हुन् ।
बुबा चेतराम भट्ट र आमा देवादेवी भट्टको नाममा बलरामले एक लाख एक हजार एक सय एघार रूपैयाँको अक्षयकोष स्थापनाका लागि दृष्टि फाउन्डेसनलाई हस्तान्तरण गरेका छन् ।
लामो समयदेखि अत्तरियामा मेरी मेडिकल संचालन गरेर स्वास्थ्य सेवामा सेवारत बलरामले धनगढीमा वर्षौदेखि सञ्चालनमा रहेको दृष्टि फाउन्डेसनलाई देश विदेशबाट मनकारी सहयोग गरेको देख्दा आफूले पनि नजिकै रहेको परोपकारी सामाजिक संस्थालाई अक्षयकोष बापत सहयोग गरेको बताए । उनले यसअघि प्रत्येक वर्ष क्रिसमस डेको अवसर पारेर दृष्टि फाउन्डेसनलाई १० हजार रुपैया प्रदान गर्दै आएका छन् ।










तपाइको प्रतिक्रिया दिनुहोस्