धनगढी । गृहमन्त्री रमेश लेखकलाई आज बिहान धनगढी विमानस्थलमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख गोगनबहादुर हमालसहितको टोलीले स्वागत गरेको छन्। आफ्नै पुख्र्यौली जिल्ला बैतडी जाने क्रममा मन्त्री लेखकलाई प्रशासनिक र पार्टीको तर्फबाट स्वागत गरिएको हो।
लेखक आज साँझसम्म बैतडी पुग्ने कार्यक्रम रहेको छ। पारिवारिक भेटघाट र धार्मिक कार्यमा सहभागी हुने उनको योजना रहेको स्वकीय सचिव जनक भट्टले जानकारी दिए।
बैतडी पुग्नेबित्तिकै साँझ ५ बजे पाटनमा कांग्रेस नेता तथा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।
उनको भ्रमणलाई स्थानीय कांग्रेस कार्यकर्ताले पार्टी सुदृढीकरणको अवसरका रूपमा लिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्