थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रा निलम्बित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रा निलम्बित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१७
  • सुन्नुहोस् 
174   
थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रा निलम्बित

काठमाण्डौं। थाइल्याण्डकी प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो।

टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै ुअंकलु भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको  थियो। 

उनको विरोधमा हजारौं मानिसहरू बैंककको सडकमा उत्रिएर राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। यद्दपि सिनावात्राले फोन कलका लागि माफी मागेकी थिइन्।

गत वर्ष साउन ३२ गते उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार