कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ : रामहरि खतिवडा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ : रामहरि खतिवडा

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१७
  • सुन्नुहोस् 
174   
कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ  : रामहरि खतिवडा

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामति विधेयकमा राखिएको ुकुलिङ पिरियडु मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्।  मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्।

उनले कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए।

एउटा दफा थपिएर  सदनमा  गएको फेला पारेका छौं। यो कसको गल्तीबाट भयो त्यसलाई कानुनको दायरामा ल्याउँछौं,ुउनले भने,ुआज सबै सेक्टरबाट हामी जनप्रतिनिधिको बदनाम हुने काम भएको छ।  मेरो कमजोरी देखिए म कारवाही भोग्न तयार छु। जसले कमजोरी गर्छ यसले कारवाही भोग्नु पनि पर्छ। जु्नसुकै व्यक्ति होस् छानबिनको दायरामा ल्याउनुपर्छ।

राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि  वा राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेको थियो। सोही व्यवस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश भएर आएपछि सांसदहरूले नै विरोध जनाएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार