धनगढीको डुबानमा फसेका आठ जनाको उद्दार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीको डुबानमा फसेका आठ जनाको उद्दार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१६
  • सुन्नुहोस् 
408   
धनगढीको डुबानमा फसेका आठ जनाको उद्दार

धनगढी। धनगढीमा भारी वर्षापछि घर डुबानमा परेर फसेका आठ जनाको उद्दार गरिएको छ।

धनगढी उपमहानगरपालिका ७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरेर आठ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्दार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको बताए। धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्दार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको बताएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए। करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको जोशीले बताए।

 वर्षा सोमवार साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने भएकाले सोहीअनुसार तयारीमा रहेको उनले बताए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार