बैतडी। बैतडीमा एक जनाले चौलानी नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका अन्दाजी २६ वर्षीय महेश राना चौलानी नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
राना सोमबार बिहान ६ः२० बजेतिर चौलानी नदीमा हाम फालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनले चौलानी नदी हाम फालेर बेपत्ता भएको खबर आउने बित्तिकै खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
उनी अझै फेला पर्न सकेका छैनन् । रानाले किन चौलानीमा हाम फाले भनेर खुल्न नसकेको र अनुसन्धानसंगै खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्