कैलाली र कञ्चनपुरमा भारी वर्षा, धनगढी जलमग्न - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली र कञ्चनपुरमा भारी वर्षा, धनगढी जलमग्न

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१६
  • सुन्नुहोस् 
366   
कैलाली र कञ्चनपुरमा भारी वर्षा, धनगढी जलमग्न

धनगढी । निरन्तरको वर्षासँगै सुदूरपश्चिमको राजधानी धनगढी जलमग्न भएको छ । धनगढीको मुख्य सडक लगायतको क्षेत्र जलमग्न भएको हो । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लामा समेत भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि भइरहेको वर्षाले तराईका जिल्लामा डुबान र पहाडमा पहिरोको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले कैलालीको धनगढी र गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको बताए । उनका अनुसार मोहना नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र आज पनि सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार