काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। बजेट कार्यान्वयन गर्न बनेका विधेयक पारित गर्न बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्।
भिजिट भिसा प्रकरण गम्भीर विषय भएकाले यसको छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग राख्दै दुई दलले निरन्तर सदनमा विरोध गर्दै आएका छन्। मन्त्रिपरिषद्को बैठकले भिजिट भिसा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका सम्बन्धमा छानबिन गर्नका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । तर, उक्त समिति झारा टार्ने मात्र भएकाले वैरागीको नेतृत्वको समिति स्वीकार्य नहुने र पूर्वन्यायाधीशको नेतृत्वमा आयोग बन्नुपर्ने बताएको छ।
बैठक सुरू हुने बित्तिकै दुई दलका सांसदहरूले उठेर विरोध जनाए। त्यसछि सभामुख देवराज घिमिरेले क्रमश : रास्वपाका सांसद गणेश पराजुली र रोसन कार्कीलाई बोल्न समय दिए। त्यसपश्चात कांग्रेस सांसद अर्जुन नरसिंह केसीलाई समय दिने बित्तिकै रास्वपाका सांसद वेल घेराउमा गएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्