कैलाली प्रहरीले सुरु गर्‍यो हिरासत कक्षमा चेतनामूलक भिडियो प्रदर्शन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली प्रहरीले सुरु गर्‍यो हिरासत कक्षमा चेतनामूलक भिडियो प्रदर्शन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-१४
  • सुन्नुहोस् 
195   
कैलाली प्रहरीले सुरु गर्‍यो हिरासत कक्षमा चेतनामूलक भिडियो प्रदर्शन

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाको अगुवाइमा हिरासत कक्षमा राखिएका व्यक्तिहरूलाई चेतनामूलक भिडियोहरू देखाउने कार्यक्रम सुरु गरिएको छ।

 प्रहरी प्रशासनलाई जनमुखी र मानवकेन्द्रित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कैलालीले केहि नयाँ पहल सुरु गरेको हो। 

यस अभियानअन्तर्गत हिरासतमा परेका व्यक्ति—जो प्रायः कुनै न कुनै कारणले कानूनको उल्लंघन गरेका हुन्छन्—उनिहरूलाई सुधारको सन्देश दिनका लागि विभिन्न नैतिक शिक्षा, सामाजिक व्यवहार, कानुनी सचेतना तथा नशा, हिंसा र अपराधबाट टाढा रहने विषयमा आधारित भिडियोहरू देखाइनेछ।

एसपी राणाका अनुसार, “हिरासत कक्षलाई केवल नियन्त्रणको ठाउँ नभई सुधारको सुरुवात हुने थलो बनाउन खोजिएको हो। कारवाहीसँगै चेतना र आत्मसमीक्षा पनि जरुरी हुन्छ भन्ने सोचबाट यो अभियान सुरु गरिएको हो।”

सामाजिक उत्तरदायित्व, मानवअधिकार र सकारात्मक मनोविज्ञानको आधारमा अघि बढाइएको यो कार्यक्रमलाई स्थानीय नागरिक समाज, मानवअधिकारकर्मीहरू र अन्य सरोकारवाला निकायले स्वागत गरेका छन्।

यस पहलले प्रहरीप्रति जनविश्वास बढाउनुका साथै हिरासतमा परेकाहरूलाई आत्मपरीक्षण गरी सकारात्मक जीवनयात्रातर्फ अग्रसर गराउन सहयोग पुग्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार