आज यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवस धनगढीको बसपार्कमा मनाइदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

आज यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवस धनगढीको बसपार्कमा मनाइदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-३-९
  • सुन्नुहोस् 
198   
आज यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवस धनगढीको बसपार्कमा मनाइदै

धनगढी। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसको अवसर पारी धनगढीमा बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बस इकाई कमिटि धनगढीको आयोजनामा रक्तदान, निशुल्क स्वास्थ्य जाँच तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ। धनगढी बसपार्कमा आयोजित कार्यक्रमको बस इकाई कमिटि धनगढी अध्यक्ष शकंर ओलीले अध्यक्षता गरेका थिए । संगठनको ४६ औं स्थापना दिवसको अवसरमा देशभर एकसाथ विभिन्न कार्यक्रमहरु भईरहँदा धनगढीमापनि बिभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदुरपश्चिम अध्यक्ष ललित चन्दले बताए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि कैलाली र निशुल्क स्वास्थ्य जाँचमा नवजिवन अस्पतालले सहकार्य गरेको उनले बताए ।

कार्यक्रममा राजमार्ग शुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी निरिक्षक कटक बहादुर कुँवरले सवारी चालक तथा सह चालकहरुलाई ट्राफिक शिक्षा दिएका थिए । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले यातायात क्षेत्र सबैभन्दा सबेंदनसिल बिषय रहेको बताए । मजदुरहरुको क्षमताकै कारण बषौँ पुराना सडक संरचनामा अहिलेको सवारी चापलाई धानेको उनले बताए । राज्यले यातायात क्षेत्रमा लगानी बढाउनुपर्ने बताउँदै हमालले यातायातलाई जिम्मेवार र मर्यादित बनाउने दायित्व मजदुरकै रहने बताए । यातायात मजदुरहरु मर्यादित बन्नुका साथै शुरक्षित रहन सामाजिक शुरक्षा कार्यक्रममा अनिर्वाय आबद्ध हुनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्द, नेपाल ट्रेड युनियन ९जिफन्ट० सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, नेपाल यातायात ब्यवसायी महासघंका सुदुरपश्चिम प्रदेश सयोंजक टेकराज जोशी, सुन्दर सुदुरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटा, मजदुर सघं सुदुरपश्चिम अध्यक्ष केशव पन्त लगायतले मन्तब्य राखेका थिए । आइतबार ट्याकंर इकाई कमिटि धनगढीको आयोजनामा धनगढी स्थित आयल निगम प्रादेशिक कार्यालय अगाडी रक्तदान, निशुल्क स्वास्थ्य जाँच तथा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार