एयर इन्डिया विमान दुर्घटनामा एक यात्रुको जीवितै उद्धार - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

एयर इन्डिया विमान दुर्घटनामा एक यात्रुको जीवितै उद्धार

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-२९
  • सुन्नुहोस् 
453   
एयर इन्डिया विमान दुर्घटनामा एक यात्रुको जीवितै उद्धार

काठमाडौँ। अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा परी घाइते बनेका एक व्यक्तिलाई उद्धार गरी उपचारका लागि पठाइएको छ। 

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एयर इन्डियाको विमान उडेको केही बेरमै नजिकैको चिकित्सकको होस्टलमा ठोक्किएर दुर्घटना भएको र उक्त घटनामा एक जना जीवित फेला परेको पुष्टि गरेको छ। 

बिहीबार दिउँसो लण्डनका लागि उडेको बोइङ ७८७-८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै १:३० बजे दुर्घटनाग्रस्त भएको थियो। 

एएनआईसँग फोनमा कुरा गर्दै मलिकले भने, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ।” 

उनले थपे, “मृत्यु हुनेको सङ्ख्याबारे केही भन्न सकिने अवस्था छैन। आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ।”

दुर्घटनापछि केन्द्रीय ‘रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)’ ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “र्यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको ‘ग्रुप सेन्टर’का जवानलाई दुर्घटनास्थलमा पठाइएको छ।

गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

सङ्घीय सरकारका गृहमन्त्री अमित शाहले अहमदावादस्थित विमान दुर्घटनास्थलमा राहत तथा उद्धार कार्यको समीक्षा गर्न बिहीबार साँझ घटनास्थलको अवलोकन भ्रमण गरेका छन्। 

एयर इन्डियाका अनुसार लण्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुगाली नागरिक रहेका थिए। 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार